५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


‘सरकार असफल भए विदेशी हस्तक्षेप बढ्न सक्ने खतरा’


0
Shares

काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सरकार असफल भए विदेशी हस्तक्षेप बढ्न सक्ने खतरा औंल्याएका छन् ।

शनिबार ललितपुरमा प्रेस संगठन नेपालको उपत्यका भेलालाई सम्बोधन गर्दै उनले सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताएका हुन् ।

उनले राष्ट्रियताको विषयमा सबै दलहरुको एउटै दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

नेता श्रेष्ठले पार्टीलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र भएपनि पार्टीभित्र भने कुनै मतभेद नभएको जिकिर गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका हुने नेता श्रेष्ठको भनाइ थियो ।