२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


च्याम्पियन्स लिगको छनोट खेलमा सेल्टीक र एईके एथेन्सले बराबरी खेले


0
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको छनोट खेलमा स्कटल्याण्डको सेल्टीक र ग्रिसको ए.ई.के. एथेन्सले बराबरी खेलेका छन् ।

स्कटल्याण्डमा गएराति भएको पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

यो बराबरीपछि सेल्टीकले अब प्ले अफ्मा पुग्न एथेन्समा हुने दोस्रो लेगको खेल जित्नैपर्ने दबाब परेको छ ।

युएफा च्याम्पियन्स लिग फुटबल छनौट चरणकै अन्य खेलहरुमा पोर्चुगलको बेनिफिका, क्रोएसियाको डाईनामो जाग्रेब, बेलारुसको बाते बोरिसोभ, अष्ट्रियाको रेडबुल साल्जबर्ग र ग्रिसको सालोनिका विजयी भएका छन् ।

बेनिफिकाले टर्कीको फेनरबाचेलाई १-० ले हराउँदा डाईनामो जाग्रेबले काजखस्तानको एफ.सी अस्टानामाथि २–० को जित निकाल्यो ।

यसैगरी नेदरल्याण्ड्सको आयाक्सले बेल्जियमको स्टान्डर्ड लेईजसँग २-२ गोलको बराबरी खेल्दा युक्रेनको डाईनामो किभ र चेक गणतन्त्रको स्लाभिया प्रागले १-१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो ।