
काठमाडौं, फागुन २३ । नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई सञ्चार क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले शुक्रबार ११ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको हो ।
महासंघले बुझाएको ध्यानाकर्षणपत्रमा संविधानप्रदत्त र अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार राज्यका केन्द्र, प्रदेश र स्थानीय तहले बनाउने सञ्चारसम्बन्धी सबै कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्न तथा कानुनको मस्यौदा निर्माणकै चरणबाटै पत्रकार महासंघसहित सम्बन्धित सरोकारवाला पक्षसँग पर्याप्त छलफल र सहमतिको वातावरण बनाउनेलगायतका माग गरिएको छ ।
महासंघको मागप्रति सर्वपक्षीय छलफल गर्न आफूहरु तयार रहेको उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकको परिवर्तनमा सञ्चारजगतले खेलेका भूमिकालाई राज्यले बिर्सन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्