Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कांग्रेसमा ११ केन्द्रीय सदस्य मनोनीत


0
Shares

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यसअघिको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले उक्त मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको केन्द्रीय सदस्यमा मनोनयन हुनेमा रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ) रहेका छन् ।

तत्कालीन लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि कांग्रेसद्वारा यसअघि गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो । रासस