४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


कोरोनाबाट बच्न कञ्चनपुरका सीमामा उच्च सतर्कता


0
Shares

कञ्चनपुर, फागुन २३ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन कञ्चनपुरका सीमा नाकामा उच्च सतर्कता अपनाइने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गड्डाचौकीसहित अन्य सीमा नाकामा उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन गड्डाचौकीमा रहेको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउनुका साथै ब्रह्मदेव, दोधारा चाँदनी झेलुंगे पुलमा तत्काल हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको छ ।

यस्तै, पुनर्वासस्थित बसई, विशनपुरी र बेलौरीको खजुरी नाकामा पनि हेल्थ डेस्क राख्ने निणर्य गरिएको छ । त्यसैगरी, सीमा नाकामा चेकजाँचका क्रममा शंकास्पद व्यक्ति फेला परे छुट्टै राख्नका लागि क्वारेण्टाइनको व्यवस्था गर्ने र उपचारका लागि महाकाली अस्पतालमा छुट्टै उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरिएको छ ।