Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


कांग्रेसले आफूहरुलाई होच्याएको भन्दै प्रचण्डको फाट्यो चित्त

माओवादीकै बलमा कांग्रेसले सत्ता पाएको तथ्य नभुल्न आग्रह

4.9k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा गठबन्धन नगर्ने भनेर कांग्रेसका केही नेताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

पार्टीको बागमती प्रदेशस्तरीय विस्तारित बैठकलाई गोदावरीमा सम्बोधन गर्दै उहाँले कांग्रेसका नेताहरुले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सैह्य नहुने बताउनु भएको हो ।

कांग्रेसलाई आफूहरुले सत्ताको सिंहासनमा पुर्‍याएको भन्दै गठबन्धनविरुद्धका अभिव्यक्ति र नेकपा माओवादी केन्द्र तथा नेकपा एसलाई अपमान गर्ने कुरा सैह्य नहुने दाहालको भनाइ थियो ।

सम्बोधनका क्रममा उहाँले कांग्रेसका केही नेताले त्यस्तो अभिव्यक्ति दिए पनि चुनवासम्मै गठबन्धन कायम रहने विश्वास ब्यक्त गर्न भने बिर्सनु भएन ।