
-शंकर खनाल /लक्ष्मणमान डंगोलका/ इमेज
काठमाडौं । मठमन्दिर र सम्पदाहरुको सरसफाई सुरु भएको छ । भगवानको सक्कली रुप देखियोस् भनेर सरसफाई गर्न थालिएपछि सम्पदाहरु बेहुली झैं सिंगारिएका छन् ।
भगवान खुशी भए वरदान पाईन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै काठमाडौका स्थानीयबासीन्दाहरु भगवानलाई खुशी अनि सुखी बनाउने अभियान अन्तर्गत मठमन्दिर, शक्तिपिठ र सम्पदा सरसफाईमा जुटेका छन् ।
युवापुस्ता समेत भगवानलाई खुशी राख्नुपर्छ भन्ने मान्यताका आधारमा मठमन्दिर, शक्तिपिठ र सम्पदाहरुको सरसफाइमा जोडिएका छन् ।
बर्षौदेखि कालोमैलो र फोहोरमा चुर्लुम्म डुबेर गरुङ्गो र कुरुप बनेका सम्पदाहरुलाई अहिले यसरी धोईपखाली गरेर चिटिक्क बनाईएको छ ।
त्यसो त मानव र मानवतामाथि नै गिज्याई रहेको भान गराउने यस्ता कुरुप सम्पदाहरु यसरी धोइपोखाली चिटीक्क हुन पाउँदा निकै हलुका र प्रफुलीत भई सरसफाई गर्नेहरुलाई वरदान दिएको भान पनि गराउँछ ।
ऐतिहाँसिक सम्पदा संरक्षणमा कसैको ध्यान नपुगेको अवश्थामा अहिले सम्पदा हाम्रो गौरव श्रम अर्पण गरौ भन्दै स्थानीयहरु आफै सम्पदा संरक्षण र सरफाईमा जुट्न थालेका छन ।
काठमाडौको शिर बुढानिलकण्ठ मन्दिरबाट यस अभियान सुरु भएको हो । सम्पदा सरसफाई अभियानका संयोजक राजु श्रेष्ठले विश्वसामु नेपालको पहिचान बोकेका सम्पदाहरुको संरक्षणको लागि अभियानलाई देशब्यापी बनाईने बताए ।
अभियन्ताहरुले यसरी नै प्रत्येक शनिवार सम्पदा सरसफाईमा लगाउने निर्णय गरेका छन् ।
आठ हप्तादेखि निरन्तरता पाएको यस अभियान अन्र्तगत काठमाडौको वसन्तपुर दरबार क्षेत्र, मैतिदेबी, नक्साल भगवती, बाघभैरव, गुह्ेश्वरी, ज्ञानेश्वरको भैरव मन्दिर, कपनको शिव मन्दिर, हाडिगाँउस्थित कृष्ण मन्दिरको सरसफाई गरिसकिएको छ ।
यो अभियान साझा बनेको छ । अभियान अन्र्तगत पुरातात्विक महत्वका स्थल, पाटीपौवा, पार्क, मन्दिर, गुम्वा, बिहार, मस्जिद पोखरीलगायतका सम्पदा सरसफाई गरीनेछ । सरसफाईमा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवीलेसमेत साथ दिएका छन् ।
खिया लागेका, टुटेका भाचिएका, बिग्रीएका कुरुप सम्पदाहरुको ममर्तसमेत गरिएको छ । भगवानको रुपमा आस्था र विश्वास गरीदै आएका मठमन्दिर सम्पदाहरु बिरुप हुँन पुग्दा उनीहरुको आस्थाप्रति पनि विश्वास घट्ने देखिन्छ ।
त्यसैले पनि यस्ता सम्पदाहरुलाई यसरी दैनिक रुपमा आफैले निरन्तर सरसफाई गर्दा भगवानप्रति आस्थाभाव जगाउने मात्र नभई पुण्य प्राप्त हुने विश्वास पनि गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्