Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


मध्य तथा पुर्वी भूभाग आज चट्याङसहित पानी पर्ने, उच्च भागमा हिमपातको सम्भावना


0
Shares

 काठमाडौं । पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले देशको विभिन्न भागमा आज पानी पर्ने सम्भावना छ ।

मध्य तथा पुर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहेको छ ।

पश्चिमी भूभागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।