२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


रुस र टर्कीे सिरियामा युद्धविराम गर्न सहमत, विस्थापितलाई आफ्नै देश फर्कन आग्रह


0
Shares

एजेन्सी । रुस र टर्कीले सिरियामा युद्धविराम गर्न सहमति जनाएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भएको सहमतिपछि इडलिबमा जारी सैन्य कारवाही अन्त्य गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

मस्कोमा भएको सहमतिपछि संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले समस्या समाधानकै लागि युद्धविराम गरेको स्पष्ट पारेका छन् ।

उनीहरुले आफूहरुको उक्त कदमलाई सिरियाले सदुपयोग नगरे पुनः आक्रमण गर्ने चेतावनीसमेत दिएको बताइएको छ ।

दुवै नेताले विस्थापित भएका शरणार्थीहरुलाई आफ्नो बासस्थानमा फर्कनसमेत आग्रह गरेको समाचारमा जनाइएको छ ।

विद्रोहीको कब्जामा रहेको भनिएको सिरियाको इडलिबमा गत डिसेम्बरदेखि टर्कीको सेनाले कारवाही थालेपछि तनाव उत्पन्न भएको थियो ।

रुसी सेनाको समर्थनमा टर्कीले विद्रोहीमाथि कारवाही गर्न भन्दै हमला गर्न थालेपछि एक सय बालबालिकासहित तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यसैगरी विद्रोही र टर्कीका सेनाबीच भएको दोहोरो आक्रमणका कारण दश लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएको बीबीसीले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सिरियामा नौ वर्षदेखि जारी गृहयुद्धमा मानविय संकट देखा परेको छ ।