२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


कोरोना भाइरसः इरानमा यात्रा गर्न प्रतिवन्ध, एक महिनाका लागि शिक्षण संस्थाहरु बन्द


0
Shares

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इरानले विभिन्न शहरमा यात्रा गर्न सर्वसाधारणलाई प्रतिवन्ध लगाएको छ ।

कोरोनाका कारण इरानमा मात्र १० जनाको मृत्यु भइसकेको छ । संक्रमण फैलन नदिन एक महिनाका लागि शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

त्यसैगरी कागजी नोटको प्रयोग घटाउन पनि इरानले आग्रह गरेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही देशले कोरोनाको संक्रमण नियन्त्रणका लागि अझै प्रभावकारी कदम नचालेको आरोप लगाएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण ९२ हजार भन्दा बढी प्रभावित भएका छन् ।

जसमध्ये ८० हजार भन्दा चीनकै नागरिक संक्रमित भएको समाचारमा जनाइएको छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।