
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी अनुदान सहायता भएको र त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उहाँले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्याउनुभयो ।
उहाँले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदापनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाउनुभयो ।
मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्विकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनि एमसीसीका आचोजकहरुलाई प्रश्न समेत गर्नुभयो ।
मन्त्री झाँक्रीले भन्नु भयो, ‘एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अव हामीले गफ गरेजस्तै एमसीसी स्विकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामी भन्दा अर्को आधा दुनिँया त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साहे चिन्तित भएको हो त ? त्यसो त नहोला ।’
मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याउनुभयो । उहाँले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्