
सिरहा, साउन २४ । सिराहाको विष्णुपुर गाउँपालिका–१ मा गएराति साइकलयात्रीलाइ ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा ३ जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा साइकलयात्री विष्णुपुर गाउँपालिका–५ का ५० वर्षीय हदर यादव, मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय संजीव यादव र २२ वर्षीय शिव कुमार महतो छन् ।
घाइते तीनैजनालार्इ जिल्ला अस्पताल सिराहाबाट थप उपचारको लागि विराटनगरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।
मोटरसाइकलमा सवार दुवैजना अचेत अवस्थामा रहेकाले चालक को हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्