
काठमाडौं, फागुन २२ । रोटरी डिष्ट्रिक ३२३९ ले १५ हजार डलर राशिको रोटरी सार्क गोपाल–कमला राजभण्डारी ह्यूम्यानिटी अवार्ड स्थापना गरेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी रोटरी डिष्ट्रिक ३२३९ का डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले उक्त पुरस्कार यस वर्ष आधारभूत शिक्षा र साक्षरता अभियानमा लागेकाहरुलाई प्रदान गरिने जानकारी दिए ।
सार्कमा आवद्ध देशहरुमा आधारभूत शिक्षा र साक्षरता अभियानमा योगदान पुर्याउने एकजना व्यक्ति वा संस्थालाई उक्ता पुरस्कार प्रदान गरिने पनि श्रेष्ठले जानकारी दिए ।
पुरस्कारका लागि सार्कका सबै देशमा आवेदन खुला गरिएको र २०७७ साल जेठ ३ गते काठमाडौंमा पुरस्कार प्रदान गरिने जानकारी पनि उनले दिए ।
गोपाल कमला राजभण्डारी परिवारले विगत १० वर्षदेखि राष्ट्रियस्तरमा १० लाख राशिको गोपाल कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एकसीलेन्स पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
राजभण्डारी परिवारले यस वर्षदेखि सार्क क्षेत्रीयस्तरको गोपाल कमला राजभण्डारी ह्यूम्यानिटी अवार्ड स्थापना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्