४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


सेनाको अनियमितताबारेको छलफलमा रक्षामन्त्री र सेनाप्रमुख अनुपस्थित, बैठक स्थगित


0
Shares

काठमाडौं, फागुन २२ । नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।

बिहीबारको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाइएको थियो ।

उनीहरु उपस्थित नभएपछि सदस्यहरुले बैठक स्थगित गर्न माग गरेका थिए ।

समितिकी सभापति शशी श्रेष्ठले अर्को बैठकमा उनीहरुलाई अनिवार्य उपस्थित हुन सन्देश दिन रक्षासचिव रेश्मीराज पाण्डेलाई निर्देशन दिएकी छन् ।

नेपाली सेनाभित्र नीतिगत अनियमितता भएको दाबी गर्दै सांसद रेनुका गिरीले दिएको उजुरी र नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेको आर्थिक अनियमितताबारे परेको उजुरी सम्बन्धमा समितिले रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापालाई छलफलका लागि बोलाएको थियो ।

बैठकमा सेनाका पदाधिकारीको भने उपस्थिति थियो ।