१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


टर्कीको संसद बैठकमा तोडफोड, बैठक कक्षमै कुर्सी प्रहार


0
Shares

एजेन्सी । विपक्षी दलका सांसदहरुको अभिव्यक्तिलाई लिएर टर्कीको संसदमा तोडफोड भएको छ ।

राष्ट्रपति रेसेर तैयिप एर्दोगानले सिरियामा मारिएका टर्कीका सेनाको अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै सांसदहरुबीच हात हालाहाल भएको हो ।

आक्रोसित सांसदहरुले बैठक कक्षमा कुर्सी प्रहार गरेको आरोप लगाइएको छ ।

विपक्षी दलले गत हप्ता सिरियाको इडलिबमा मरिएका सैनिकको अपमान गर्ने अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

आफ्नो पार्टीका सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति एर्दोगानले यसअघि सिरियाको उत्तरपश्चिम प्रान्तमा टर्कीको सैन्य संलग्नतामाथि प्रश्न उठेको बताएका थिए ।

गतहप्ता सिरियाली सेनाको हवाइ कारवाहीमा ३४ जना टर्कीस सैनिकको मृत्यु भएको थियो ।

आन्दोलन बढ्दै गएपछि १० लाख भन्दा बढी सिरियाली नागरिक बिस्थापित भएको बताइएको छ ।