
काठमाडौं । आगामी नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा रहेका अर्बपति माइकल ब्लुमबर्ग प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
ढिलो गरी चुनावी प्रतिष्पर्धामा सहभागी भएका ब्लुमबर्गको खराब प्रदर्शन पछि प्रतिष्पर्धाबाट बाहिरिएका हुन ।
सुपर ट्युसडेका रुपमा चिनिएको डेमोक्र्याटिक उम्मेदवार चयनका लागि १४ राज्य र एक प्रशासित क्षेत्रमा मतदान भएको थियो ।
चुनावी अभियानमा ५०० मिलियन अमेरिकी डलर भन्दा बढी खर्च गरेका ब्लुमबर्गले मात्रै एक क्षेत्रमा विजयी भएका हुन् ।
प्राइमरी ककसमा पूर्व उपराष्ट्रपति जो बाइडेनले राम्रो प्रदर्शन गरेका थिए । उनले १० राज्यमा जित हासिल गर्नुभएको छ भने तीन राज्यमा सिनेटर बर्नी सान्डर्स विजयी भएका छन् ।
न्युयोर्कका पूर्व मेयर ब्लुमबर्गले आफ्नो चुनावी अभियान अन्त्य गरी पूर्व उपराष्ट्रिपति बाइडेनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्