२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


मकवानपुरमा जन्ती सवार बस दुर्घटना, तीनजनाको मृत्यु, ३० घाइते


13
Shares

हेटौंडा, फागुन २१ । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार कान्ति लोकपथअन्तर्गत् मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीमा जन्ती बोकेको ना३ख ३५५६ नम्बरको बस बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा ३० जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये सामान्य घाइतेहरुको हेटौंडा अस्पताल र गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि भरतपुर पठाउने तयारी भइरहेको हेटौंडा अस्पतालले जनाएको छ ।

मोडमा ‘ब्रेकफेल’ भइ अनियन्त्रित भएर बस पल्टिएको जनाइएको छ ।