
काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री ओलीको प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्यलाभको कामनासहित विशेष प्रस्ताव पारित गरेको हो ।
बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा विशेष प्रस्ताव पेस गरेका थिए ।
प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
बैठकले ‘कारागार विधेयक, २०७६’, र ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्