काठमाडौं । सामाजिक संजालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक(समलिङ्गी/तेस्रोलिङ्गी) समूदायका ब्यक्तिहरुका बारेमा लेख्दा वा विचार अभिब्यक्ति गर्दा शब्द चयनमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
यौनिक तथा लैंङ्गिक अल्पसंख्यक विद्यार्थी संघले गरेको कार्यक्रममा समलिङ्गी/तेस्रोलिङ्गी समूदायलाई सामाजिक आघात पुग्ने र होच्याउने किसिमका शब्दहरु प्रयोग नगर्न अनुरोध गरिएको हो ।
विभिन्न कलेजबाट उक्त समूदायका बारेमा अध्ययन गरिरहेका करिब ३० जना विद्यार्थी सहभागी कार्यक्रममा संघकी कार्यसमिति सदस्य स्वस्तिका लामाले शब्द चयनमा ध्यान दिन आग्रह गरिन ।
उनले भनिन,‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक(समलिङ्गी/तेस्रोलिङ्गी) समूदायलाई सामाजिक संजालमा जथाभावी होच्याउने, हेला गर्ने र अपमान गर्ने किसिमका शब्दहरु प्रयोग नगर्न र सोचेर मात्र आफ्ना भनाईहरु पोष्ट गर्न अनुरोध गर्दछु ।’
अन्य सहभागिहरुले समूदायका मुद्दाका बारेमा राम्रोसँग अध्ययन गर्न आवश्यक रहेको औंल्याउँदै आम मानिसहरुमा सचेतना आवश्यक रहेको बताए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा क्रियाशिल संस्था निलहिरा समाजले पनि आफ्ना समूदायका बारेमा समाज सचेत रहनुपर्ने र राज्य जिम्मेवार बन्नुपर्ने आवाज उठाउँदै आइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्