१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


नेपाल घुमेर फर्किएका स्पेनिश नागरिकको कोरोनाका कारण मृत्यु


0
Shares

काठमाडौं । कोरोनाभाइरसको कारण स्पेनमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु भएका ती व्यक्ति नेपालको भ्रमण गरेर फर्किएको डेलिमेलमा प्रकाशित समाचामा छ ।

उनको मृत्यु २० दिनअघि नै भएको भए पनि उनको के कारण मृत्यु भएको जानकारी गराइएको थिएन ।

उनी नेपाल घुमेर फर्किएको र कोरोनाभाइरसकै कारण मृत्यु भएको भालेन्सिया अस्पतालकाले जनाएको छ ।

स्पेनमा पनि कोरोनाभाइरसका केही बिरामी फेला परेका छन् । स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोनाभाइरस देखिएको छ । ४६ जना मड्रिडमै रहेको बताइएको छ ।