कमिसन बढाउन माग गर्दै पेट्रोलिय व्यवसायीद्धारा ढुवानी बन्द « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Wed Aug 10 2022


कमिसन बढाउन माग गर्दै पेट्रोलिय व्यवसायीद्धारा ढुवानी बन्द

सेना, प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन खरिद गरे

२० फाल्गुन २०७८, शुक्रबार १६:०७

286
Shares

काठमाडौं । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको आक्रोशमा पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् ।

नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिदंै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।

सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन खरिद गरेका छन् । बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप १५ पैसा कमिसन दिनु पर्दथ्यो । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ ।

जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो ।

आयल निगमले भने इन्धन ढुवानी रोक्ने कार्य गैरजिम्मेवारी भएको बताएको छ । व्यवसायीहरुले इन्धन ढुवानी नगरे अन्य विकल्प प्रयोग गरेर पनि आपूर्ति सहज बनाइने निगमले जनाएको छ । थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजारदेखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री/वितरण हुन्छ ।

ढुवानी अवरोधले पम्पहरुमा सर्वसाधारणको लाइन बढ्न थालेको छ । बिहीबार आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।