
कैलाली । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको तराई बन्दको दोस्रो दिनपनि पश्चिमी जिल्लाको जनजीवन ठप्प भएको छ ।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङसहितका तराईका जिल्लाहरुमा बन्दको प्रभाव परेको हो ।
बन्दका कारण यी जिल्लाहरुमा बजार, कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्थाका साथै सवारी तथा यातायातका साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा समेत देखिएको छ । बन्दका कारण सुदुरपश्चिमबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु समेत बन्द छन् ।
यातायातका साधन नचल्दा भारतलगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढी बसपार्कमा अलपत्र परेका छन् । मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन र्दुइ दिनको आमहड्तालको घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्