Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


राष्ट्रिय सभाका १८ जना सदस्यले आज शपथ लिने


0
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाका १८ जना सदस्यहरुले आज(बुधबार) शपथ लिँदैछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज बिहान ११ बजे नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

गत माघ ९ गते भएको निर्वाचनबाट राष्ट्रियसभामा नेकपाका १६ र राजपाको दुई गरी १८ सांसद निर्वाचित भएका थिए ।

यसरी निर्वाचित हुनेमा नेकपाबाट इन्दिरा गौतम, तुलसाकुमारी दाहाल, गंगाकुमारी बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, सुमित्रा बिसी र शारदा भट्ट रहेका छन् ।

यसैगरी नारायणकाजी श्रेष्ठ, बेदुराम भुषाल, देवेन्द्र दाहाल, गोपाल भट्टराई, मायाप्रसाद आयार्य (पारशमणि) र तारामान स्वाँर, गोपीबहादुर अछामी र राधेश्याम पासवान तथा अपांग र जगप्रसाद शर्मा निर्वाचित भएका थिए ।

राजपाबाट भने शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव विजयी भएका छन् ।

नवनिर्वाचित सांसदहरुले आज शपथ लिएपछि आजै बजे बस्ने राष्ट्रियसभाको बैठकमा सहभागिता जनाउनेछन् ।