
एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानमा जारी हिंसालाई निरन्तरता दिएपछि आगामी हप्ता हुने भनिएको शान्ति वार्तामा आशंका उत्पन्न भएको छ ।
तालिवानी लडाकूहरुले सरकारसँग वार्ता गर्ने भन्दै शान्ति सम्झौता गरेपनि दुवै पक्षले आफ्ना गतिविधिलाई निरन्तरता दिएपछि आशंका उत्पन्न भएको हो ।
शान्ति सम्झौतापछि पनि तालिवानी लडाकूहरुले १६ भन्दा बढी प्रान्तमा गरेको हमलाका कारण सुरक्षाकर्मी र सर्वसाधारण मारिएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानी लडाकूहरुसँग हुन लागेको शान्ति वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् ।
उनले अफगानिस्तानको शान्तिका लागि आफूले गरेको पहलका कारण वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् ।
तालिवानीसँग अमेरिकाले गरेको सहमति अनुसार यही मार्च १० सम्ममा पाँच हजार तालिवानी कैदी र एक हजार अफगान सुरक्षाबलका कैदीहरु रिहा हुने छन् ।
तर अफगानी राष्ट्रपति असरफ घानीले गत आइतबार तालिवानीको सर्त अनुसार वार्ता नहुने प्रतिक्रिया दिएका थिए । राष्ट्रपतिको प्रतिक्रिया आएसँगै वार्ता सफल हुनेमा आशंका व्यक्त हुन थालेको हो ।
सन् २००१ मा अमेरिकाको जुम्ल्याहा भवनमा भएको आक्रमणको केही समयपछि अमेरिकाले अफगानिस्तानमा रहेको अलकायदा समूहमाथि कारवाही थालेको थियो ।
त्यसलगत्तै सत्ताबाट बाहिरिएको तालिवानी लडाकूको समूह विद्रोही शक्ति बन्न पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्