१० असार २०८१, सोमबार | Tue Jun 25 2024


राजश्व संकलनमा कमजोर विराटनगर भन्सार कार्यालय


91
Shares

काठमाडौं । विराटनगर भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न कमजोर देखिएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो ७ महिनाको अवधिमा भन्सार कार्यालयले लक्ष्यभन्दा करिव ४ अर्ब कम राजस्व उठाएको हो ।

साउनदेखि माघसम्म २८ अर्ब ८० करोड रूपैयाँ संकलनको लक्ष्य राखिएकोमा २४ अर्ब ८४ करोड ४१ मात्रै संकलन गर्न सकिएको विराटनगर भन्सार कार्यालयले जनाएकोे छ ।

कोरोना महामारी, सडकको अवस्था, आयातमा सरकारको कडाइ लगायतका कारण निर्धारित लक्ष्य पूरा गर्न नसकिएको राजस्व कार्यालयले जनाएको छ ।