
काठमाडौं, साउन २३ । नेपाल भाषाको माध्यमबाट पढाइ हुने नेपालको पहिलो मातृभाषा विद्यालय जगत सुन्दर ब्वनेकुथिका संस्थापक सदस्य एवं भाइस प्रिन्सिपल शान्ति मानन्धरको बुधबार निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेकी ६४ वर्षीया मानन्धरको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारकाक्रममा निधन भएको हो ।
बुधबारै पशुपतिको आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।
नेपाल भाषामा स्नातकोत्तर गरेकी मानन्धरले नेपाल भाषाको विकास र सम्वद्र्धनका लागि योगदान गर्दै आएकी थिइन् ।
वि.सं. २०४८ सालमा स्थापना भएको सो विद्यालयमा उनले निरन्तर प्राध्यापन गरेकी थिइन् ।
नेपाल भाषाको उत्थानका लागि शान्ति सिरपा पुरस्कारको स्थापनासमेत गरेकी मानन्धर भिनस बचत तथा ऋण सहकारी संस्थाकी संस्थापकसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस्