२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो


0
Shares

सर्लाही, फागुन २० । स्थानीयको प्रदर्शनका कारण बिहानदेखि अवरुद्ध रहेको सर्लाहीको हरिवन नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्ग साँझबाट संचालनमा आएको छ ।

नगरपालिकास्थित सासापुर गणेश चोकमा गएराती ना ८ ख ८५२१ नम्वरले ट्रकले ठक्कर दिँदा ना ४८ प १७०१ नम्वरको मोटरसाइकलका चालक स्थानीय २१ वर्षिय रोशन भुजेलको मृत्यु भएको थियो ।

भुजेलको मृत्यु भएपछि क्षतिपूर्ति र दोषीलाई कार्वाहीको माग गर्दै स्थानीय आन्दोलित बनेका थिए । स्थानीय प्रशासनले दुई पक्षबीच सहमति गराएसँगै अवरुद्ध राजमार्ग खुलेको हो ।

सहमतिअनुसार मृतक युवकका परिवारलाई नौ लाख रुपैयाँ उपलब्ध गराउने हरिवन नगरपालिका–४, का वडाध्यक्ष धनबहादुर वाईवाले जानकारी दिए ।

युवकको शव नमूना अस्पताल हरिवनमा राखिएको छ । ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् । स्थानीयको अवरोधका कारण सो राजमार्ग भएर चल्ने सवारी साधन बीच बाटोमै रोकिएका थिए ।