२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘इन्काउन्टर’ छानबिन गर्न मानवअधिकार आयोगमा उजुरी


0
Shares

काठमाडौं, साउन २३ । प्रहरी ‘इन्काउन्टर’मा मारिएका नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङमाथि प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ ।

अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङलगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गराएका हुन् ।

आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित निर्माणाधीन एक घरमा शव गाडिएको अवस्थामा सोमबार फेलापरेको थियो ।

त्यसलगत्तै, सोमबारै दिउँसो भक्तपुरको डोलेश्वरस्थित जंगलमा प्रहरीसँगको मुठभेडमा तामाङद्वय मारिएको प्रहरीको दाबी छ ।