
एजेन्सी, फागुन २० । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । वसिङ्टन राज्यमा कोरोनाको संक्रमणबाट अरु चार जनाको मृत्यु भएको हो ।
राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणासमेत गरिएको छ । आफ्नो क्षेत्रमा १८ वटा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको पनि राज्यले जनाएको छ ।
अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गर्दै करिब १५ सय मानिसमा संक्रमण भएको हुनसक्ने अनुमान लगाएका छन् ।
सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको जनाइएको छ । संक्रमितहरूलाई आइसोलेसनमा राख्न होटल खरिद गरिँदै छ भने सोमबारबाट सियाटलका थप विद्यालयहरू बन्द गरिएका छन् ।
अमेरिकामा हालसम्म पाँच राज्य वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यूयोर्क, फ्लोरिडा र ओरेगनमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्