२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


हुस्सु र डढुवा रोगका कारण आलु उत्पादन घट्यो


0
Shares

 कञ्चनपुर । कञ्चनपुर र कैलालीमा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । डढुवा रोग र अत्याधिक हुस्सुका कारण यस वर्ष आलुको उत्पादन ३० प्रतिशत घट्ने देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

केन्द्रका अनुसार हिउँदे वर्षासँगै लागेको बाक्लो हुस्सुका कारण आलु, गोलभेंडा, खुर्सानी लगायतका बालीमा ठूलो परिमाणमा क्षति भएको छ ।

रोग नलागेको ठाउँमा पनि वर्षाका कारण आलु कुहिने समस्या देखिएकाले यसवर्ष आलुको उत्पादन घट्ने बताइएको छ ।

व्यवसायिक तरकारी खेती गर्ने किसानभन्दा दैनिक उपभोगका लागि तरकारी खेती गरेका किसानहरुको बढी क्षति भएको छ ।

डढुवा रोग र हुस्सुले ३० प्रतिशत आलुमा नोक्सान गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले जानकारी दिए ।

वर्षामा पानीको अभावले धानको उत्पादन घटेका किसानहरु अत्याधिक हिउँदे वर्षाका कारण आलु, गोलभेडा, खुसार्नी, भण्टा लगायतका बालीमा नोक्सान भएपछि चिन्नित भएका छन् ।

किसानको आलुको उत्पादन घटेसँगै यसवर्ष आलुको मूल्यमा वृद्धि हुने सम्भावना बढेको छ ।