४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


कृषकको उत्पादन सीधा उपभोक्तासम्म पुर्‍याउन नयाँ तरकारी बजार


0
Shares

काठमाडौं, फागुन १९ । पछिल्लो समय मूल्यवृद्धि उकालो लाग्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मूल्यवृद्धि ७ प्रतिशतनजिक पुगिसकेको छ ।

यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सबैभन्दा उच्च १०.२१ प्रतिशत पुगेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत् तरकारी तथा तरकारीजन्य, फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

तरकारी महँगो हुनुमा बिचौलिया हाबी हुनु प्रमुख कारण हो । बिचौलिया हटाउन थुप्रैपटक प्रयास भएपनि सकिएको छैन ।

यसका लागि किसानको उत्पादन उपभोक्तासम्म सीधा पुर्‍याउने उद्देश्यसहित काठमाडौंको धुम्बाराहीमा तरकारी बजार सञ्चालनमा आएको छ ।

कृषकको उत्पादन उपभोक्तासम्म सहजै पुर्‍याउन तथा बिचौलियाको तह नियन्त्रण गर्न सघाउ पुर्‍याउने दाबीसहित धुम्बाराही तरकारी तथा फलफूल बजार सञ्चालमा ल्याइएको सञ्चालक सीके लोप्चन बताउँछन् ।

२०० बढी स्टल रहेको तरकारी बजारमा विभिन्न जिल्लाबाट आएका कृषकहरुले आफ्नै स्टलमार्फत् आफैंले उत्पादन गरेको वस्तुहरु बिक्री गर्ने हुनाले बजार भाउ पनि सस्तो हुने दाबी सञ्चालकको छ ।