Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


ग्यालेक्सीको एस २० र एस २० प्लसको विभिन्न अफरसहित प्रिअर्डर सुरु


13
Shares

काठमाडौं, फागुन १९ । ग्यालेक्सीको एस २० र एस २० प्लसको विभिन्न अफरसहित प्रिअर्डर सुरु भएको छ ।

सामसुङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लस मोबाइलको प्रिअर्डर खुला गरेको जनाएको हो ।

कम्पनीले सोमबार पत्रकार सम्मेलन गरेर यही फागुन ३० गतेदेखि नेपाली बजारमा यी फोन उपलब्ध हुने जानकारी गराएको हो ।

अग्रिम बुकिङ गर्नेहरुका लागि विभिन्न छुट, बिमालगायत अन्य सुविधा विक्रेताले उपलब्ध गराएको जनाएका छन् ।

यी मोबाइलमा ६४ मेगापिक्सेलको क्यामरा जडान गरिएका छन् । 

सेन्सरका साथै उत्कृष्ट भिडियो तथा सुपरजुम तथा ‘८के’ भिडियो रेकर्ड गर्नसक्ने क्षमताका क्यामरालगायत थुप्रै आधुनिक विशेषता रहेका यी फोन पनि नेपाली उपभोक्तामाझ लोकप्रिय बन्ने विश्वास कम्पनीका नेपाल निर्देशक प्रणयरत्न स्थापितले व्यक्त गरे ।

एस २० को बजार मूल्य एक लाख सात हजार तथा एस २० प्लसको एक लाख १९ हजार रहेको कम्पनीले जनाएको छ ।