२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


भारतीय प्रधानमन्त्री मोदीले भने: ‘प्यारो साथी पशुपतिनाथले स्वस्थ र खुशी राखुन्’


0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना दिएका छन् ।

आज बिहान ट्विट गर्दै मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका हुन् ।

मोदीले भनेका छन्, मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु। भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईंको निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदैछन् । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तय भएको छ ।