Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नेविसंघमा महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न माग


0
Shares

काठमाडौं, साउन २३ । नेपाल विद्यार्थी संघको एउटा पक्षले तत्काल महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न माग गरेको छ ।

अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको अवधि बुधबारदेखि विधिवतरुपमा सकिएको सन्दर्भमा संघका उपाध्यक्ष प्रकाश राना र महामन्त्री कुन्दनराज काफ्ले समूहले यस्तो माग गरेको हो ।

सो समूहले बुधबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अध्यक्ष महरले संगठनको विधानअनुरुप काम नगरेको र महाधिवेशन गर्नेतर्फ ध्यान नदिएको आरोप लगाए ।

सो अवसरमा महामन्त्री काफ्लेले आफूहरुले महाधिवेनन गराउन दबाबमूलक कार्यक्रम जारी राख्ने पनि बताए ।