२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


प्रधानमन्त्री कप महिला भलिबलः एपीएफ र पुलिस विजयी


0
Shares

नेपालगञ्ज । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण नेपालगञ्जमा हिजो सुरु भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पानसमा दिप प्रज्वलन तथा रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन एपीएफ र पुलिस क्लब विजयी भएका छन् । एपीफले नेपाली सेनालाई ३–१ सेटले पराजित गर्यो ।

पहिलो सेट गुमाएको एपिएफले त्यसपछिको लगातार ३ सेट जितेको थियो । एपिएफकी रेशमा भण्डारी वोमेन अफ दी मैच भइन भने अर्को खेलमा पुलिस क्लबले न्यु डायमण्डलाई पराजित ग¥यो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा पाँचवटा टीमको सहभागिता रहेको छ ।

आयोजकका अनुसार एपीएफ, नेपाल प्रहरी, नेपाली सेना, न्यु डायमण्ड र नेपालगञ्ज–६ ले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

भारतबाट आउने भनिएको दुईवटा टीम तथा बंगलादेश, श्रीलंका र माल्दिभ्सको टीम अन्तिम समयमा आउन सकेनन् ।

फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले २ लाख, उपविजेताले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।