
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरु भेला भएका थिए ।
उनलाई जन्मदिनको शुभकामना दिंदै सानो केक पनि काटेका थिए । प्रधानमन्त्री कार्यालयमा प्रायः देखिरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन ।
केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ति महिला नातेदार हुन भन्नेबाहेक सचिबालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन ।
त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए । सचिबालयका उपस्थित सदस्यहरुलाई ओलीले भने,‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’
प्रधानमन्त्रीले सचिबालयका सदस्यहरुलाई मिर्गौला दाताको रुपमा चिनाएकी ३२ बर्षीया ती महिला झापाकी हुन ।
नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्