१ असार २०८१, शनिबार | Sat Jun 15 2024


कांग्रेस मकवानपुर अधिवेशनको मनोनयन दर्ता आज हुँदै


65
Shares

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर अधिवेशनको आज आइतबार मनोनयन दर्ता हुँदैछ । तर मतदान भने सोमबार बिहान हुने भएको हो ।

नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापतिसहित जिल्ला कार्यसमितिको लागि आइतबार बिहान ९ बजेबाट मनोनयन दर्ता हुने जनाइएको छ ।

नेपाली कांग्रेस मकवानपुरको जिल्लाको अधिवेशनको तालिकामा फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ । त्यस्तै, दिउँसाे १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन बेलुका ६ : ३० मा प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपी शर्मा सुवेदीले बताउनुभएको छ ।

मतदान भने भोली विहान ८ बजे हुने र निर्वाचन प्रकृया हेटौंडा -१ चौकीटोल ओरालोमा हुनेछ। सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेबीच प्रतिस्पर्धा हुदैंछ । उनीहरुले हेटौंडामा छुट्टा-छुट्टै घोषणा कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेदवारी रहेको छ ।