उपेन्द्र खनाल (इमेज)
तनहुँ, साउन २३ । अनियन्त्रित गतिले दुर्घटना बढ्न थालेपछि पृथ्वी राजमार्गको मुग्लिन–कोत्रे सडकखन्डमा ‘राडरगन’को प्रयोग गरिएको छ ।
राजमार्गको ७२ किलोमिटर सडकखन्डमा जुनसुकै बेला सवारीको गति मापन गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तीव्रगतिका कारण दुघटना बढेको भन्दै व्यास नगरपालिकाको सहयोगमा प्रहरीले राजमार्गमा चेकजाँचमा कडाइ गरेको हो ।
राजमार्गको अवस्था हेरी सवारी–साधनको गति निर्धारण गरिएको छ । सामान्यतया सवारीको गति प्रतिघन्टा ६० किलोमिटर रहेको र घुम्तीको अवस्थाअनुसार प्रतिघन्टा ३० देखि ४० कायम गरिएको तनहुँ जिल्ला ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए ।
यसले तीव्रगतिका कारण हुने दुर्घटनामा कमी आउने बताइएको छ ।
तनहुँमा गत वर्ष १०२ ओटा सवारी दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्