
काठमाडौं । एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले अहिले हङकङसँग खेलिरहेको छ ।
थाइल्यान्डको बैंककमा जारी खेलमा हङकङले नेपाललाई १ सय ५५ रनको चुनौती दिएको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
उसका लागि निजाकत खानले ४८ रन बनाउँदा मोहोमद आइजाज खानले २९ रन जोडे । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र सुशन भारीले २–२ विकेट लिए ।
यसैगरी कुशल मल्लले एक विकेट झारे । जवाफमा १ सय ५५ रनको लक्ष्य बोकेर नेपालले आफ्नो व्याटिङ गरिरहेको छ ।
एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा एसियाको पूर्वी क्षेत्रका टेष्ट नखेल्ने ५ टोलीहरु नेपाल, मलेसिया, थाइल्यान्ड, सिंगापुर र हङकङ सहभागि छन् ।
राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले पश्चिमी समुहका शीर्ष दुई टोलीसँग एसिया कप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्