२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


इस्टर्न रिजन टी–ट्वेन्टीः आज नेपाल र हङकङ भिड्दै, नेपाललाई जित्नै पर्ने दबाबमा


0
Shares

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्नेछ ।

पहिलो खेलमा हिजो मलेसियासँग हारेको नेपाल आजको खेलपूर्व दबाबमा रहेको छ ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा एसियाको पूर्वी क्षेत्रका टेष्ट नखेल्ने ५ टोली सहभागी छन् ।

राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले पश्चिमी समूहका शीर्ष दुई टोलीसँग एसिया कप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

इस्टर्न रिजन प्रतियोगितामा नेपाल, मलेसिया, थाइल्यान्ड, सिंगापुर र हङकङ सहभागी छन् ।