४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


वाट्फोर्डसँग लिभरपुल पराजितः लिभरपुलको अपराजित यात्रा टुंगियो


0
Shares

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिरभपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

गएराती भएको खेलमा वाट्फोर्डसँग ३–० ले हारेपछि लिभरपुलको ४४ खेल लामो अपराजित श्रृंखला रोकिएको हो ।

यो हारसँगै लिभरपुलको जारी सिजनमा अपराजित रहँदै लिग जित्ने संभावना सकिएको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुल विरुद्धको खेलमा गएराती वाट्फोर्डलाई विजयी गराउन ईस्माइला सारले दुई तथा कप्तान ट्रोए डिनीले एक गोल गरे ।

जितसँगै वाट्फोर्ड प्रिमियर लिगको अंक तालिकामा रेलिगेशन क्षेत्रबाट माथि १७ औं स्थानमा उक्लिएको छ ।

गएराती भएको अर्को खेलमा चेल्सीलाई बर्नमाउथले २–२ गोलको बराबरीमा रोक्दा वेष्ट ह्याम युनाईटेडले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको छ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा क्रिष्टल प्यालेसले ब्राइटनलाई १–० ले हराउँदा न्युकासल युनाइटेड र बर्न्लेले गोलरहित बराबरी खेलेका छन् ।

इंग्लीश प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज म्यान्चेस्टर युनाईटेडले एभर्टनसँग खेल्दा टोटनह्याम हट्सपर र वुल्भरह्याम्पटन वान्डरर्स भिड्नेछन् ।