
इलाम, फागुन १७ । मानेभञ्ज्याङ एफसी दार्जिलिङ इलाममा जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार इलामको ठूलो टुँडिखेलमा भएको पहिलो क्वार्टरफाइनलमा झापा–११ लाई २–१ ले पराजित गर्दै मानेभञ्ज्याङले सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
मानेभञ्ज्याङको जितमा पिनसाई लाथोङले दुई गोल गरे । झापा–११ का सरोज कार्कीले एक गोल फर्काए ।
यसअघि दुईपटक उपाधि कब्जा गरिसकेको झापा–११ यस वर्ष पहिलो चरणबाट नै घर फर्किएको हो ।
अब मानेभञ्ज्याङले रुपन्देही–११ र मच्छिन्द्र क्लबबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
आइतबार त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्