ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट ६ सय मेगावाट विद्युत किनेबेच गर्न भारत सहमत « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट ६ सय मेगावाट विद्युत किनेबेच गर्न भारत सहमत


156
Shares

काठमाडौं । नेपाल तथा भारतले ढल्केबर-मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६ सय मेगावाटसम्म विद्युत किनबेच गर्न सहमति जनाएका छन ।

काठमाडौंमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकले यो सहमतिलाई अन्तिम रुप दिएको हो । यस्तै न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माणका लागि २ महिनाभित्रै संयुक्त कम्पनी खोलिसक्ने सहमति पनि भएको छ ।

नेपाल र पश्चिम बंगालसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्न संयुक्त कार्यदल बनाई अध्ययन गर्ने टुंगो लागेको छ । नेपालले आगामी मार्च महिनासम्म आफ्ना मुख्य मुख्य सबस्टेसनमा स्पेसियल प्रोटेक्सन सिस्टम जडान र यसपछि नेपाल–भारतबीच ग्रिड सिंक्रोनाइज तथा नेपालमा ठूला जलविद्युत आयोजनामा संयुक्त सहकार्य गर्न ‘द्विदेशीय संयुक्त जलविद्युत विकास समिति’ गठनको निर्णय भएको छ ।

समितिमा दुवै देशबाट ३-३ सदस्य रहने छन् । नेपालले यसअघि आईईएक्समा बिजुली बेच्ने बाटो खुलेसँगै विभिन्न ८ वटा आयोजनाको साढे ८ सय मेगावाट बढी बिजुली भारतमा बेच्न अनुमति मागिरहेको थियो । तर भारतले यसअघि २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्न अनुमति दिएको थियो ।

नेपालले प्रस्ताव गरेका माथिल्लो तामाकोसी, कालीगण्डकी, मस्र्याङ्दी, मध्यमसर््याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको छ ।