
प्रदीप पौडेल (इमेज)
पोखरा, साउन २३ । गन्डकी प्रदेशको मन्त्रिपरिषदले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याउन माग गर्ने निर्णय गरेको छ ।
बुधबार पोखरामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
क्षेत्रीय अस्पताल केन्द्रीय सरकारको मातहतमा हुँदा सेवाग्राहीलाई सुविधा दिन असहज भएको भन्दै प्रदेश सरकारको मातहतमा ल्याउन पहल गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
साथै, बैठकले अस्पतालका सिटीस्कान र एमआरआइलगायतका उपकरण बिगँ्रदा जनताले दुःख पाएकाले मर्मत गर्नका लागि बजेटकोसमेत माग गरेको छ ।
प्रदेश सरकारले उक्त अस्पताललाई आफ्नो मातहतमा ल्याएर एक हजार शय्याको अस्पताल सन्चालन गर्ने योजना रहेको बताएको छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट हुने प्रशासनिक कार्य नियमन गर्ने कार्याविधि २०७५ लाई मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत गरेको प्रवक्ता बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्