२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


‘न्याय क्षेत्र सुधारको प्रक्रियामा’


0
Shares

बागलुङ, फागुन १७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय क्षेत्र सुधारको प्रक्रियामा अघि बढिरहेको बताएका छन् ।

शनिबार जिल्ला अदालत बागलुङको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले न्याय क्षेत्रमा उत्पन्न चासो र टिप्पणीलाई सम्बोधन गर्नेगरी काम भइरहेको दाबी गरे ।

न्याय क्षेत्रमा विकृति, विसंगति भित्रिन नदिनका लागि न्यायपालिकालाई स्वतन्त्र, स्वच्छ, सक्षम र निष्पक्ष बनाउनुपर्ने प्रधानन्यायाधीश जबराको भनाइ थियो ।

आफूले कार्यभार सम्हालेको एक वर्षमा पूर्वप्रतिबद्धता र लक्ष्यअनुसार थुुप्रै काम भइरहेको उनले उल्लेख गरे ।