गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि एनसेलकाे आकर्षक क्यासब्याक « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि एनसेलकाे आकर्षक क्यासब्याक


130
Shares

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यासब्याक पाउने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याकअन्तर्गतका तीन विभिन्न प्याकहरूमा २० देखि ६० रुपैयाँसम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । याे याेजना सोमबारदेखि लागू भएको छ ।

योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिनदेखि ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीको गज्जबकाे डेलि जीबी प्याकको खरिदमा क्यासब्याकको फाइदा लिन सक्नेछन् ।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी डेटा प्याक ग्राहकले कर सहित मात्र १ सय ६९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यासब्याक पाउँछन् ।

त्यसैगरी, ग्राहकले करसहित मात्र २ सय ६९ रुपैयाँमा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिदमा ३० रुपैयाँको क्यास ब्याक पाउनेछन् ।

धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित ५ सय ९९ रुपैयाँमा सुचारु गर्दा ६० रुपैयाँ बोनस क्यासब्याक पाउने कम्पनीले जनाएकाे छ ।

ग्राहकले #17123# डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन् ।