
डडेल्धुरा, फागुन १६ । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार डडेल्धुरास्थित उग्रतारा मन्दिरमा दर्शन गरेकी छन् ।
उनले डडेल्धुरा अमरगढी नगरपालिका ८ स्थित उग्रतारा मन्दिरमा पूजाअर्चना गरेकी हुन् ।
उनलाई अमरगढी नगरपालिका र उग्रतारा क्षेत्र विकास समिति डडेल्धुरा र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय डडेल्धुरा शाखाको तर्फबाट नागरिक अभिनन्दनसहित मायाको चिनो प्रदान गरिएको थियो ।
राष्ट्रपति भण्डारीको भ्रमणको क्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्