५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


नेकपाका चार शिर्ष नेताहरु बीच विशेष भेट, अध्यक्ष ओली अनुपस्थित


0
Shares

काठमाडौं । नेकपाका चार शिर्ष नेताहरु बीच विशेष भेटवार्ता भएको छ । आज बिहान नेताहरुबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भेटवार्ता भएको हो ।

बिहानै वरिष्ठ नेता माधवकुमार, झलनाथ खनाल र बामदेव गौतम प्रचण्ड निवास पुगेका थिए ।  नेताहरु बीच अहिले पार्टीभित्र देखिएको विवादकाबारे छलफल भएको बताइएको छ ।

त्यसैगरी आगामी दिनमा पार्टीलाई कसरी मिलाएर लाने भन्ने विषयमा समेत नेताहरुबीच छलफल भएको बताइएको छ । छलफलको अन्त्यतिर नेता वर्षमान पुन पनि पुगेका थिए ।

नेकपा भित्र बाँस्कोटा प्रकरण, वामदेव प्रकरणले पार्टी दुई कितामा विभाजित छ । पछिल्लो समय वरिष्ठ नेताहरु एकठाउँमा उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली एक्लो भएका छन् ।

विशेष भेटमा प्रधानमन्त्री ओली भने अनुपस्थित रहेको स्रोतले जानकारी दिएको छ ।