डडेल्धुरा । डडेल्धुराका युवाहरु ड्राईभिङ(सवारी चालक) पेशातर्फ आकर्षित भएका छन् ।
विगत नौ महिनामा चार सय जना युवाले जिल्लाबाट सवारी साधन चलाउने तालिम लिएका छन् ।
लाइसेन्स प्राप्त गरी स्वरोजगार बन्न चाहने युवाहरु ड्राईभिङ तालिममा पनि आकर्षित देखिएको शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएपनि लाइसेन्स वितरण गर्ने काम नहुँदा सीप सिकेका युवा पलायन भइरहेको नगरप्रमुख जोशीको भनाइ छ ।
उग्रतारा ड्राईभिङ्ग तथा टे«निङ्ग सेन्टरले डडेल्धुरा र डोटीका विभिन्न स्थानिय तहका युवालाई लक्षित गरी ड्राईभिङ तालिम प्रदान गरिएको छ ।
तालिममा दक्ष सवारी चालकका लागि ट्राफिक ज्ञान र अधारभूत मोटर वर्कसप सम्बन्धित विषय पनि समेटने गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्