रसुवा । उत्तरी भेगका तामाङ जातीले तीर हान्ने पर्व मनाएका छन् । नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिनमा यो पर्व मनाउने चलन छ ।
तामाङ जातिले आफ्नो संस्कृति अनुसार भेषभुषा पहिरिएर आफ्ना समुह भेला भइ तीर हानेर यो पर्व मनाउने गर्दछन् ।
यो पर्वले समुदायमा आपसी मेलमिलाप र सदभावको विकास हुने, गाउँमा प्रकृतिक प्रकोप, रोग ब्याधि र अनिकाल नपर्ने विश्वास यो समुदायमा छ ।
तामाङ समुदायको बाहुल्यता रहेको जिल्लाको बृद्घिम, टिमुरे, लाङटाङलगायतका स्थानहरुमा तीर हान्ने पर्व मनाउने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्